व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने नेकपा एसको निष्कर्ष « Khabarhub

व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने नेकपा एसको निष्कर्ष


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्यो कि बनेन भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एकजना विषयविज्ञ रहनेछन् ।

त्यस्तै बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रुपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।

बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ३३ बजे

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार