सडक तत्काल सुधारर्न मन्त्री ज्वालाको निर्देशन « Khabarhub

सडक तत्काल सुधारर्न मन्त्री ज्वालाको निर्देशन


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उनले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिए । सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको उल्लेख गर्दै मन्त्री ज्वालाले भने, “तपाईहरू काममा गम्भीर नहुने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्नुपर्ने ?” उनले भने, “अब म आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।”

सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगतै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्ने कार्यले सडकको बेहाल भएको बताउँदै उनले भने, “सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।”

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ३१ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा