मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट « Khabarhub

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागमती – जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको सो कार्यालयले जनाएको छ ।

सरकारले अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदनहरु उक्त कार्यालयमा दर्ता भएको थियो भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठनपश्चात् गत चैत १२ गतेदेखि उजुरी आह्वान गरेको थियो ।

आयोग गठन गर्नुपूर्व दर्ता भएका तथा आयोग गठनपछि दर्ता भएका चारवटा उजुरी गरी कूल ३२ वटा उजुरीको छलफलको माध्यमबाट मेलमिलाप गरी समाधान गरिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

आयोग गठनपूर्व दर्ता भएका निवेदनमा अधिकतम रु पाँच लाखसम्मको आर्थिक कारोबार भएको उजुरी परेको छ भने आयोग गठनपश्चात् अत्यन्त ठूला तथा जग्गा धितो बन्धक गरी गरिएको कारोबारसम्बन्धीको उजुरी परेको उन्को भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब