पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना « Khabarhub

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी  – पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो ।

देशको सबैभन्दा ठूलो उक्त प्रान्तमा पाकिस्तानी सुरक्षाफौज दशकौंदेखि पृथकतावादी विद्रोहसँग लडिरहेको छ । बलुचिस्तानमा ठूलो मात्रामा चिनियाँ लगानी आयोजना सञ्चालित छन् । ती आयोजनालाई पृथकतावादी लडाकुहरूले नियमित रूपमा आक्रमण गर्न थालेपछि सुरक्षार्थ सरकारी सेना परिचालन भएका छन् ।

गत वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा छ जना सैनिकको मृत्यु भएको थियो भने एक महिना अघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य छ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : २५ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले