जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल « Khabarhub

जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको हो । फाइनलमा पुगेको सुनसरीले भोलि हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलको विजेतासँग बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलको अन्तिम खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

दार्जिलिङकासहित यो पटक ८ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ०९ बजे

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर