ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै | Khabarhub Khabarhub

ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ आज सुरु हुँदैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ ।

दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानको भए पनि भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

सन् २०१९ मा भएको पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

उद्घाटन खेलमा आज घरेलु टिम नेपालले श्रीलङ्काको सामना गर्नेछ । घरेलु मैदानमा खेल्ने भएकनले पनि नेपालको प्रदर्शन राम्रो हुने नेपाली टिमका कप्तान हिमाल अर्यालले आशा व्यक्त गरे ।

हालै भारतको गुजरातमा आयोजक भारत, श्रीलङ्का र बङ्गलादेश सहभागी प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको थियो । प्रतियोगिता असोज २२ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ४० बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले