सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी « Khabarhub

सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न चेतावनी दिएको छ ।

बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण-प्रकाशन नगर्न-नगराउन चेतावनी दिएको हो ।

‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार-प्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।

साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ । हिन्दु र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। 

पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्‌भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : १३ बजे

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर