कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य : नेता कोइराला « Khabarhub

कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य : नेता कोइराला


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताए ।

कार्यक्रममा नेता कोइरालाले सरकार जतिदिन राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था कमजोर हुँदै जाने जिकिर गरे । कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको कोइरालाको भनाइ छ ।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईका कारण चर्को महंगी सिर्जना भएको भन्दै जनताको चुलो नबल्ने अवस्थामा पुगेको आरोप लगाए । चाडपर्वमा सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

उनले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन नगरेका कारण पार्टी अप्ठ्यारोमा परेको बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ३९ बजे

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला