विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने
चीनले अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न भ्रमणको स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले आफ्नो मुलुकका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको चीनले जनाएको ।

हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ । “यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन–अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ । सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्याापो पनि सहभागी हुनेछन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानव अधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ ।

सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केहीबेर रहने जनाएको छ । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो ।

सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनै जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको छ ।

इटालीमा बस दुर्घटना पछिको आगलागीमा २१ जनाको मृत्यु
इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिसेल डि बारीले जानकारी दिए ।

यस्तै, भेनिसका मेयर लुँगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ । यो घटना लगभग स्थानीय समय अनुसार मंगलबार साँझ ७ः४५ बजे भएको थियो ।

केही स्थानीय समाचार अनुसार बस मिथेन ग्यासबाट सञ्चालित रहेको र बिजुलीको लाइनमा खसेपछि आगो लाग्न सुरु भएको थियो ।

आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।

सिक्किमको बाढीमा परेर २३ सैनिक बेपत्ता
भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।

बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो ।
छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

‘फेन्टानिल’ सङ्कट अमेरिकी समस्या भएको भन्दै चीनद्वारा प्रतिबन्धको विरोध

‘फेन्टानिल’ सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ ।

एनेस्थेसिया वा दुखाई कम गर्न प्रयोग गरिने फेन्टानिल समस्याले संयुक्त राज्य अमेरिकामा ‘जरा गाडेको’ चीनले दावी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मङ्गलबार चीनमा रहेका २५ व्यक्ति र संस्था तथा क्यानडाका अन्य तीन समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले मङ्गलबार एक अमेरिकी सञ्चारमाध्यमसँग लिएको अन्तर्वार्तामा फेन्टानिलको विश्वव्यापी आपूर्ति शृङ्खला ‘प्रायः चीनबाट सुरु हुन्छ’ भने ।

बेइजिङले बुधबार वासिङ्टनको चीनविरोधी आरोपको खण्डन गर्दै भनेको छ, ‘फेन्टानिलजस्ता पदार्थको कडा नियमन गर्ने चीन सरकार सम्भवतः विश्वमै पहिलो मुलुक हो ।’

बेइजिङको विदेश मन्त्रालयले एएफपीसँग भनेको छ, ‘हामी चिनियाँ संस्था र व्यक्तिहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध र अभियोजनको कडा विरोध गर्दै सम्बन्धित उद्यम र व्यक्तिहरूको कानुनी अधिकार र हितको गम्भीर उल्लङ्घन भएको ठहर गर्दछौं ।’ ‘चीन सरकारले लागुऔषध अपराधमा कडाइका साथ कारबाही गरिरहेको छ । हामी अग्रगामी रसायनहरूमा कडाभन्दा कडा नियन्त्रण लागू गरिरहेका छौं,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

मन्त्रालय स्रोतले भनेको छ, ‘संयुक्त राज्य अमेरिकामा फेन्टानिल संकटले देशैभरी जरा गाडेको छ ।’ संयुक्त राज्य अमेरिकाविरुद्ध ‘गम्भीर आपत्ति’ दर्ता गरिएको जनाउँदै मन्त्रालयले भनेको छ, ‘दबाब र प्रतिबन्ध लगाउँदा अमेरिकाको आफ्नै समस्या समाधान हुन सक्दैन ।

यसले लागुऔषध नियन्त्रणमा चीन–अमेरिका सहकार्यमा अवरोध मात्र खडा गर्नेछ ।’

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।

मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो ।

वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मङ्गलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ ।

प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ०० बजे

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम

पहिरो खसेपछि मेची राजमार्गको मर्मतसम्भार रोकियो

इलाम– पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

तनहुँ– विश्व बैंकको सहयोगमा तनहुँका दुईवटा सडक स्तरोन्नति गर्ने कामले

साउदी प्रो लिग : अल नासरको जित

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक