चौतर्फी विकासका लागि एकीकृत समाजवादीको विकल्प छैन : माधव नेपाल | Khabarhub Khabarhub

चौतर्फी विकासका लागि एकीकृत समाजवादीको विकल्प छैन : माधव नेपाल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन् ।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताए ।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति, सुशासन र समृद्धि कायम गर्न नेकपा (एस)को साथमा लाग्न पूर्व प्रधानमन्त्री नेपालले अपिल गरे । उनले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एस)को मेची–महाकाली जागरण अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे ।

अभियानले नेपाली जनताका हक, अधिकार स्थापित गर्न तथा जनतालाई आफ्ना अधिकारप्रति सचेत तुल्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ३२ बजे

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लुम्बिनी– रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

काठमाडौँ– जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

चितवन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा– झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख