सुदूरपश्चिम प्रदेशसभा: भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा: भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।

मङ्गलबार बझाङ जिल्लामा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २७ व्यक्ति घाइते भएका छन् । धेरै सरकारी र निजी भवन संरचनामा क्षति पुगेको छ ।

प्रदेशसभाका सदस्यले हालको अवस्थामा देखिएको आर्थिक मन्दीलाई महसुस गरेर कतिपय क्षेत्रमा अस्वाभाविकरुपमा लगाइएको करको दरमा पुनःविचार गर्न, सिकलसेल एनिमिया रोगीको प्रभावकारी उपचार व्यवस्थापन गर्न, किसानका समस्या समाधानमा ध्यान र बढ्दै गएको महँगी नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, खुशीराम डगौरा चौधरी, गीताकुमारी चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : २४ बजे

सुकुम्वासी प्रकरणमा खुश्वुको आक्रोश : गरिब मर्दा सरकारलाई मतलब हुँदो रहेनछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले प्रतिनिधिसभाको बैठकमा सुकुम्बासीमाथि

विद्यार्थी संगठन खारेजी रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- विद्यार्थी संगठन खारेज गर्ने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयविरुद्ध

समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको

सरकारलाई हर्कको प्रश्न : सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई