सुदूरपश्चिम प्रदेशसभा: भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा: भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।

मङ्गलबार बझाङ जिल्लामा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २७ व्यक्ति घाइते भएका छन् । धेरै सरकारी र निजी भवन संरचनामा क्षति पुगेको छ ।

प्रदेशसभाका सदस्यले हालको अवस्थामा देखिएको आर्थिक मन्दीलाई महसुस गरेर कतिपय क्षेत्रमा अस्वाभाविकरुपमा लगाइएको करको दरमा पुनःविचार गर्न, सिकलसेल एनिमिया रोगीको प्रभावकारी उपचार व्यवस्थापन गर्न, किसानका समस्या समाधानमा ध्यान र बढ्दै गएको महँगी नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, खुशीराम डगौरा चौधरी, गीताकुमारी चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी र हिरा सार्कीले भाग लिएका थिए ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : २४ बजे

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद