रास्वपाको पाल्पा भेला स्थगित, भूकम्पबाट प्रभावितको उद्धारमा जुट्न आग्रह « Khabarhub

रास्वपाको पाल्पा भेला स्थगित, भूकम्पबाट प्रभावितको उद्धारमा जुट्न आग्रह


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आज पाल्पामा आयोजना गर्ने भनेको पार्टी भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति भूकम्प गएर ठूलो जनधनको क्षति भएपछि रास्वपाले पाल्पाको तानसेनमा गर्न लागेको भेला स्थगित गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले भूकम्पमा परी ठूलो जनधनको क्षति भएको प्रति अत्यन्त मर्माहत भएको जनाएका छन् । उनले भूकम्पमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि जाने बताएका छन् ।

उनले, रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ। विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २४ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य