कोसी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा « Khabarhub

कोसी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि एमाले सरकारबाट बाहिरिएको हो ।

कोसी सरकारमा सहभागी एमाले संसदीय दलका उपनेता राम रानाले आज बिहान राजीनामा दिएसँगै एमाले औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । 

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदले समर्थन गरेका थिए । एमालेले माओवादीलाई सरकारमा सामेल गरे सरकार छोड्ने बताउँदै आएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ५३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी