जाजरकोट भूकम्पमा घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न आयोगको अपिल « Khabarhub

जाजरकोट भूकम्पमा घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न आयोगको अपिल


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ । आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”

आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत सुरू गरिसकेको छ ।

आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावितस्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : २१ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त