विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा | Khabarhub Khabarhub

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (ईटीसी) को आज बसेको बैठकमा उहाँले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गरेकी हुन् ।

यस्तो विपद्का समयमा सरकार मातहतका सञ्चारमाध्यमको विशेष भूमिका र दायित्व रहने भन्दै मन्त्री शर्माले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिइन् ।

मन्त्री शर्माले भनिन्, “हुन त सूचनाको महत्व सधैँ छ यहाँहरुले बुझी नै रहनुभएको छ । तर पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।”

सत्यतथ्य र सही समाचारको सम्प्रेषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै उनले प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुनेगरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गरेकी हुन् ।

यस्तो विपद्का बेला पनि कहीँकतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपदमा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उनले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिइन् ।

त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ–आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उनले निर्देशन दिइन् ।

उनले सामाजिक सञ्जालमा नागरिक तर्सिने खालका भ्रमपूर्ण प्रकृतिका सूचना आएमा त्यसलाई निस्तेज पार्नेगरी सही र पीडितको राहत र उद्धारका काममा सहयोग पुग्ने खालका सूचना निर्माण गरी प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिइन् ।

मन्त्री शर्माले जाजरकोट र रुकुमपश्चिममा सञ्चार अवरुद्ध हुन नदिन, सञ्चारमा नेटवर्कको समस्या देखियो भने तत्कालै समाधान गर्नका लागि प्राविधिक टोली खटाउन र त्यहाँ भूकम्पको उद्धारसम्मका लागि सञ्चारको निःशुल्क र चुस्तदुरुस्त बनाउन नेपाल टेलिकमलाई निर्देशन दिइन् ।

त्यसैगरी, प्रभावित जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन नदिनका लागि पनि सम्बद्ध निकायसँग आवश्यक समन्वय गर्न पनि उनले निर्देशन दिएकी थिइन् । मन्त्री शर्माले तत्कालका लागि उद्धारको काम जारी रहेकाले त्यसमा ध्यान दिन र त्यसपछि राहतका काममा पनि सम्बद्ध सबै निकाय तथा व्यक्ति परिचालन हुने कार्यलाई सहजीकरण गर्न नेपाल सरकारका सबै निकायले आआफ्ना स्थानबाट पहल कदमी दिन पनि आग्रह गरिन् ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को बैठक आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : १५ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाले दिए एसएलएफपीको अध्यक्षबाट राजीनामा

कोलम्बो– श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)को अध्यक्ष

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ 

काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर

अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल

काठमाडौं– अभिनेता अनमोल केसी र निर्देशक सन्तोष सेनको एक साता

ब्ल्याक होलमा खसेपछि के हुन्छ : नासाले बनायो ३६० डिग्रीको यस्तो भिडियो

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बनाएको एउटा सिमुलेशनका माध्यमबाट मानिसहरूले