कोशीमा सर्वदलीय सरकार बनाउनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कोशीमा सर्वदलीय सरकार बनाउनुपर्छ : अध्यक्ष नेपाल


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थीरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भएपनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थीरता भएकाले सबै मिलेर स्थीर सरकार बनाउनुपर्ने उल्लेख गरे । उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे ।

कोशी प्रदेशको नामाकरणबारे उठेको विवाद आवश्यक नरहेको बताउदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामाकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : १२ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार