बङ्गलादेशमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप « Khabarhub

बङ्गलादेशमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको राजधानी ढाकामा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप भएको छ । मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि शनिबार राजधानी ढाका नजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीबीच झडप भएको हो ।

बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ । न्यून आयभउका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

तर राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक शहर आशुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कन बाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

आशुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले एएफपीसँग भने, “उनीहरूले अधिकारी र कारखानाहरूमाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे ।”

“हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ”, उनले भने, “त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।”

स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताए ।

उनले अहिले अवस्था शान्तिपूर्ण बनेको बताए ।

बङ्गलादेश गार्मेन्ट एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका अध्यक्ष कल्पोना अक्टेरले साताव्यापी विरोधप्रदर्शनका कारण ग्याप, वालमार्ट, एच एन्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, मार्क्स एन्ड स्पेन्सर, प्रिमार्क र एल्डीजस्ता विश्वका केही शीर्ष फेसन ब्रान्डको उत्पादन प्रभावित भएको बताएकी छिन् ।

प्रिमार्कका प्रवक्ताले डब्लिनस्थित फास्ट–फेसन रिटेलरले ‘आपूर्ति श्रृङ्खलामा कुनै व्यवधानको अनुभव नगरेको’ बताएका छन् । “हामी हाम्रा आपूर्तिकर्ताहरूसँग सम्पर्कमा छौं, जसमध्ये केहीले अस्थायी रूपमा आफ्नो कारखाना बन्द गरेका छन्,” प्रवक्ताले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : २४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको