बङ्गलादेशमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप | Khabarhub Khabarhub

बङ्गलादेशमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको राजधानी ढाकामा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप भएको छ । मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि शनिबार राजधानी ढाका नजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीबीच झडप भएको हो ।

बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ । न्यून आयभउका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

तर राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक शहर आशुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कन बाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।

आशुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले एएफपीसँग भने, “उनीहरूले अधिकारी र कारखानाहरूमाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे ।”

“हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ”, उनले भने, “त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।”

स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताए ।

उनले अहिले अवस्था शान्तिपूर्ण बनेको बताए ।

बङ्गलादेश गार्मेन्ट एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका अध्यक्ष कल्पोना अक्टेरले साताव्यापी विरोधप्रदर्शनका कारण ग्याप, वालमार्ट, एच एन्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, मार्क्स एन्ड स्पेन्सर, प्रिमार्क र एल्डीजस्ता विश्वका केही शीर्ष फेसन ब्रान्डको उत्पादन प्रभावित भएको बताएकी छिन् ।

प्रिमार्कका प्रवक्ताले डब्लिनस्थित फास्ट–फेसन रिटेलरले ‘आपूर्ति श्रृङ्खलामा कुनै व्यवधानको अनुभव नगरेको’ बताएका छन् । “हामी हाम्रा आपूर्तिकर्ताहरूसँग सम्पर्कमा छौं, जसमध्ये केहीले अस्थायी रूपमा आफ्नो कारखाना बन्द गरेका छन्,” प्रवक्ताले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : २४ बजे

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर– फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस