कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु « Khabarhub

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिंह रावतको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान रावतको मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालक शेरसिंह रावत प्रहरीको नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ५९ बजे

कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन यस्तो छ भृकुटीमण्डपको माहौल (लाइभ)

काठमाडौं–  नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ  ।काठमाडौंको भृकुटीमण्डपमा

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत

डुम्रे– गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगञ्ज– मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन

महानगरभित्रका ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा