सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान « Khabarhub

सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रगण्डकी प्रदेश समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले आज जारी गरेको विज्ञप्तिमा घाइतेको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितको पुनःस्थापनाको व्यवस्था, खाद्यान्न, बसोबासलगायत आवश्यक सामग्रीको व्यवस्था यथाशिघ्र मिलाउन नेपाल सरकारसहित तीनै तहका सरकार समक्ष माग गर्दै यसका लागि सहयोग पुर्‍याउन र सक्रियतापूर्वक परिचालित हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

जाजरकोटको रामिडाडा केन्द्रबिन्दु भई शुक्रबार राति ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुमलगायत जिल्लामा भएको जनधनको क्षतिको पीडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्राकृतिक विपत्तिले निम्त्याएको दुखद् घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २८ बजे

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- दललाई दोषी देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका