कान पाक्ने समस्या र यसको उपचार « Khabarhub

कान पाक्ने समस्या र यसको उपचार

बच्चाको कान किन धेरै पाक्छ ?


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। कान पाक्ने समस्या विशेष गरेर बच्चामा बढी हुने गर्दछ। बच्चाको कानमा तेल हाल्ने, सुतेर दूध खुवाने जस्ता कारणले गर्दा बच्चामा कान पाक्ने समस्या बढी देखिने गरेको विशेषज्ञको भनाइ छ। कान पाक्ने समस्या कसरी हुन्छ ? यसले कस्तो असर गर्छ ? कानमा तेल खाल्नु हुन्छ कि हुँदैन ? बच्चाको कान पाकेको कसरी थाहा पाउने ? कान पाक्नै नदिन र पाकेपछि यसको उपचार के हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर नाक, कान, घाँटी तथा क्यान्सर रोग विशेषज्ञ डा. तुलिका दुवेसँग खबरहबका लागि पवन भुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

नाक र कानलाई जोड्ने एउटा नली हुन्छ। त्यो नली केही गरी जाम भएको छ भने कान पाक्ने गर्दछ। बच्चालाई सुताएर दूध खुवाउँदा त्यही नलीमार्फत कानतीर जाने भएकाले बच्चामा कान पाक्ने समस्या बढी हुन्छ।

किन कान पाक्छ ?
एउटै कारणले मात्र कान पाक्ने होइन। यो एउटा रोग नै हो। यो रोगलाई धेरै भागमा बाँड्न मिल्छ। कानको धेरै भाग हुन्छन्। बाहिरी भाग र बिच्चको भागको काम भनेको बाहिरको आवाजलाई भित्र लग्ने हो। भित्री भाग भनेको सिधै दिमागसँग जोडिएको हुन्छ। त्यसको काम भनेको आवाज सुन्ने र हाम्रो शरीरमा सन्तुलन मिलाउने हो। कानको बहिरी भाग या बिच्चको भागमा समस्या भयो भने कान पाक्ने गर्दछ।

कान पाक्ने रोग बच्चामा किन बढी देखिन्छ ?
नाक र कानलाई जोड्ने एउटा नली हुन्छ। त्यो नली केही गरी जाम भएको छ भने कान पाक्ने गर्दछ। बच्चाको नली त्यती राम्रोसँग बनिसकेको हुँदैन। रुघा लाग्दा जाम हुन्छ र कान पाक्छ। त्यस्तै बच्चालाई सुताएर दूध खुवाउँदा त्यही नलीमार्फत कानतीर जाने भएकाले बच्चामा कान पाक्ने समस्या बढी हुन्छ।

कान आफै सफा हुने अंग हो। कानलाई धेरै कोट्याउनु र सफा गर्नु नै पर्दैन। कानको बनावट अनुसार कसै कसैको कानको फोहोर भित्रै अड्किने हुन्छ त्यस्तो भयो भने अनुभवी व्यक्तिसँग गएर सफा गराउनुपर्छ।

बच्चाको कानमा तेल हाल्दा के असर हुन्छ ?
कानमा तेल हाल्दा कान पाक्ने सम्भावना झन् धेरै हुन्छ। एउटा त तेलले गर्दा कानमा ढुसी पलाउँछ। छालाको एलर्जी भएर जालीमा प्वाल पर्ने सम्भावना हुन्छ। त्यसैले कानमा तेल नहाल्न नै सुझाव दिन्छौं।

बच्चाको कान पाकेको कसरी थाहा पाउने ? लक्षण के के हुन् ?
बच्चाले कान समाउने, तान्ने, कानतिरै छोएर रुने जस्ता क्रियाकलाप देखायो भने कानमा समस्या भएको हुनुपर्छ। त्यस्तो अवस्थामा ढिलो नगरी डाक्टरकोमा लगेर जाँच गर्नुपर्छ।

कान पाक्ने समस्या सामान्य हो कि गम्भीर रोग नै हो ?
कान हाम्रो शरीरको महत्वपूर्ण अंग हो। कान पाक्ने रोगलाई कहिल्यै पनि सामान्य रुपमा लिनु हुँदैन। यसको समयमै उपचार गर्नुपर्दछ।

कान पाकेको छ भने ढिलो नगरी डाक्टरकोमा गइहाल्नुपर्छ। सुरुवाती अवस्थामा कानको जाली सुन्निएर, सानो प्वाल परेर कान पाकेको छ भने त्यो सामान्य उपचारले नै निको हुन्छ।

कान पाक्नबाट बच्न के गर्ने ?
कान आफै सफा हुने अंग हो। कानलाई धेरै कोट्याउनु र सफा गर्नु नै पर्दैन। कानको बनावट अनुसार कसै कसैको कानको फोहोर भित्रै अड्किने हुन्छ त्यस्तो भयो भने अनुभवी व्यक्तिसँग गएर सफा गराउनुपर्छ।

उपचार विधि के छ ?
केही गरिकन कान पाकेको छ भने ढिलो नगरी डाक्टरकोमा गइहाल्नुपर्छ। सुरुवाती अवस्थामा कानको जाली सुन्निएर, सानो प्वाल परेर कान पाकेको छ भने त्यो सामान्य उपचारले नै निको हुन्छ। कानमा तेल र पानी पार्नु हुँदैन। तर कानको जालीमा ठुलो प्वाल परेको छ र कानको हड्डी खाने रोग छ भने यस्तो अवस्थामा अप्रेशन नै गर्नुपर्ने हुन्छ।

देशभर नै कानको अप्रेशन प्राय सबै अस्पतालमा गरिन्छ। स्वास्थ्य बीमा गरेको छ भने निःशुल्क अप्रेशन नै हुन्छ। धेरै खर्चिलो छैन।

अप्रेशन गरिसकेपछि कानको समस्या पुरै समाधान हुन्छ वा फेरि बल्झिन्छ ?
अप्रेशन गरिसकेपछि पहिलो तीन हप्ता एकदमै जतन गर्नुपर्ने हुन्छ। कसैलाई बेला बेलामा रुघा लाग्ने गरेको भए वा कानमा बल पर्ने केही काम भयो भने नयाँ जालीमा फेरि प्वाल पर्नसक्छ।

कानको अप्रेशन गर्दा खर्च कति लाग्छ ? कुन कुन ठाउँमा उपचार हुन्छ ?
देशभरी नै कानको अप्रेशन प्राय सबै अस्पतालमा गरिन्छ। स्वास्थ्य बीमा गरेको छ भने निःशुल्क अप्रेशन नै हुन्छ। धेरै खर्चिलो छैन। तर रोग लागेपछिको उपचार भन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ०७ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा