पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन « Khabarhub

पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

पाल्पा- रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।

चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन् । गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए ।

“छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ”, लोकमायाले भनिन् ।

उनको फार्ममा हाल १५० कालिज छन् । गत जेठमा पोखराबाट ५०० चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन् । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ थियो । जंगलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताइन् ।

एउटा चल्ला चार सयमा खरिद गरेर पाल्न थालेको उनको भनाइ छ । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एकजना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन् । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन  गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ । करिब ३० लाख लागतमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले तीन हजार, पोथी दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत ६ देखि ८ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : २८ बजे

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा