नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी « Khabarhub

नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

रुकुम– जाजरकोटको भेरी नगरपालिकाका नवराज बिकलगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो ।

हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज पीडित (वादी) पक्षका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फको बहस हुनेछ ।

भोलिसम्ममा उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने  र केही दिनमा फैसला आउने अदालतले जनाएको छ। 

२०७८ जेठ १० गते मल्ल थरकी आफ्नी प्रेमिकासँग विवाहका लागि साथीहरू लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका नवराजसहित ६ जनाको केटी पक्षबाट हत्या भएको थियो ।

केटी पक्षले दलितले मल्लसँग विवाह गर्न लागेको भन्दै केटीका परिवारसहित सोतीका स्थानीयले उनीहरूलाई लखेटेर हत्या गरेका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा १२ जना घाइते भएका थिए।

उक्त घटनामा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : १४ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ