रुकुम हत्याकाण्ड : पीडित परिवारको न्यायको लागि खबरदारी सभा  « Khabarhub

रुकुम हत्याकाण्ड : पीडित परिवारको न्यायको लागि खबरदारी सभा 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुम सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खबरदारी सभा आयोजना गरेको हो । 

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दा टुङ्गो नलाग्दा पीडित परिवार थप पीडामा परेको भन्दै खबरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रूपा सुनारले जानकारी दिइन् । रुकुम जिल्ला अदालतमा अन्तिम सुनवाई भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उनले बताएका छन् ।

खबरदारी सभामा सहभागीहरूले रुकुम सोती नरसंशारका पीडित परिवारहरूलाई न्याय दे, न्याय नमार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला  स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । 

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : २३ बजे

गोकुल बाँस्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको