टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन | Khabarhub Khabarhub

टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् ।

आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए ।

सोमबार साँझ सिंहदरबारमा विभिन्न सञ्चार माध्यममा सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीहरुको बैठक बस्यो कि विपक्षी दलका नेता केपी ओलीले टिकटक कहिले बन्द गर्ने, यसले देश खत्तम पार्‍यो भनेको भन्यै गर्ने । कांग्रेस सभापतिले पनि टिकटक बन्द गर्न किन ढीलो गरेको भन्ने । मैले दुई महिनासम्म त रोकें, तर भनेको भन्यै गरेपछि बन्द गरियो ।’

टिकटकले अलिकति विसंगति भित्र्याएकै छ जस्तो आफूलाई पनि लागेको प्रधानमन्त्री दाहालले सुनाए । आफ्नै घरभित्र पनि त्यस्तो देखिएको बताउँदै उनले भने, ‘अलिकति विसंगति त भित्रिएकै छ भन्ने मलाई पनि लाग्यो । नाति-नातिनाहरु खाली टिकटकमा….।’

सरकारले टिकटक बन्द गर्दा जनतामा भने खुशी नै छाएको प्रधानमन्त्री दाहालले दाबी गरे । तर, नागरिक समाज र पत्रकारहरुको सुझावलाई ख्याल गर्दै सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन बनाएर टिकटकलाई नियमन गरिने उनले बताए । प्रधानमन्त्रीले भने, ‘अहिले बन्द गर्नुपरेकाले गरियो, अब नियमनसहित खोल्न सकिन्छ ।’

यो पनि…

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : १२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना