भारतीयलाई दाहालको जवाफ- आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो ! « Khabarhub

भारतीयलाई दाहालको जवाफ- आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो !


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् ।

उनले देशभित्र मात्र होइन, देश बाहिरबाट पनि संविधानमा रहेको धर्म निरपेक्षता हटाउने आवाज उठ्ने गरेको खुलाए ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सिंहदरबारमा सम्पादहरुसँग कुराकानी गर्दै भने, ‘देशभित्र र बाहिरका शक्तिहरुलाई हामीले भन्ने गरेको के छ भने नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा स्वीकार्नुपर्‍यो ।’

प्रधानमन्त्री दाहालले भारतको नाम नलिई त्यहाँका बीजेपी नेताहरुतर्फ संकेत गर्दै भने, ‘विदेशका कतिले हामीलाई भन्दा जवाफ दिने गरेका छौं, तपाईकैमा ८० प्रतिशत हिन्दुहरु छन्, गरे भैगो नि त हिन्दुराष्ट्र, अर्कालाई किन भन्नुपर्यो ? हामी त सानो देशमा छौं ।’

प्रधानमन्त्री दाहालले नेपालमाथि हिन्दुराष्ट्रका लागि दबाव दिने भारतीय नेताहरुप्रति लक्षित गर्दै थपे,‘आफ्नो संविधानमा भएको धर्म निरपेक्षताको चिन्ता गर्नुहोस्, हाम्रोतिर धेरै चिन्ता नगर्नोस् भनेको छु ।’

नेपालको संविधानमा रहेको प्रावधान सन्तुलित रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने,‘हामीले त्योबेला धेरै नै छलफल गरेर एकातिर हाम्रो विरासत र परम्पराको रक्षा गर्न सनातन धर्म संस्कृतिको रक्षा गर्ने कुरा गर्‍यौं, अर्कोतिर बहुजाति र बहुधर्मलाई ख्याल गर्दै धर्मनिरपेक्षता पनि संविधानमा प्रष्टसँग लेख्यौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने बताए पनि यसैसाता बसेको नेपाली कांग्रेसको बैठकमा संविधानलाई चलाउनुहुन्न भन्ने निर्णय भएको प्रधानमन्त्री दाहालले सुनाए ।

प्रधानमन्त्री दाहालले कांग्रेसको निर्णयबारे भने,‘कांग्रेसको बैठकमा कुरा उठ्यो । तर, संविधानलाई चलाउनुहुन्न भन्ने निर्णय भएको छ ।’ उनले थपे,‘धर्म निरपेक्षता चलायो भने संघीयता चल्छ । संघीयतालाई चलायो भने गणतन्त्र चल्छ र देशै कोल्याप्स हुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिन्दुराष्ट्रको पक्षमा नरहेका कारण धर्मनिरपेक्षताबारे सबै दलहरु एकमत भएको प्रधानमन्त्रीको दाबी छ ।

संविधानले नै धार्मिक स्वातन्त्रता र सनातन धर्म संस्कृतिको संरक्षण गरेको उनले बताए ।

संविधानबारे जनतालाई प्रशिक्षित गर्न कमी भएकाले खाली ठाउँमा राजावादीहरुले खेल्ने प्रयास गरेको भन्दै प्रधानमन्त्रीले गठबन्धन दलहरु संयुक्तरुपमा जनतामा जाने तयारी भइरहेको समेत बताए ।

यो पनि…

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : २२ बजे

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी

बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने

काठमाडौं– सरोकारवाला संस्थाहरूले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय

घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ, व्यवसायी, मजदुर, उपभोक्ता मारमा

घोडाघोडी– कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख