एलपिएलमा धनगढीको विजयी सुरुआत « Khabarhub

एलपिएलमा धनगढीको विजयी सुरुआत


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले विजयी सुरुआत गरेको छ ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले नौ विकेटको क्षतिमा ८१ रनमात्र बनाउन सक्यो ।

एकेडेमीका बलर निरज ऐरले चार विकेट लिँदै कैलाली बहुमुखी क्याम्पसको इनिङलाई धराशयी बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित ऐरले तीन ओभरमा एक मेडन ओभरसहित चार रनमात्र खर्चिए । अनिश अवस्थी र मान साउदले दुई–दुई विकेट लिए । कैलाली बहुमुखी क्याम्पसको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७, पङ्कज चौधरीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ओभरमा छ विकेट गुमाएर एकसय २४ रन बनायो । एकेडेमीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन योगदान दिए । उनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । निरज ऐरले १० बलमा एक चौका र दुई छक्काका मद्दतले २१ रन बनाए ।

बहुमुखी क्याम्पसका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कपडेलले दुईरदुई विकेट लिए । आजै भएको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित ग¥यो । धनगढी स्पोर्ट्सले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५ दशमलव दुई ओभरमा ९४ रनमा समेटियो ।

जिल्ला क्रिकेट क्लबको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रनको योगदान दिए । बलिङतर्फ भोजराज भट्ट र दीपक चन्द ठकुरीले तीनरतीन तथा नारायण जोशीले दुई विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित नारायणले तीन दशमलव दुई ओभरमा १२ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६६ रन बनायो । धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए । उनले ३४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए ।

जिल्ला क्रिकेट सङ्घको बलिङमा नरेन साउदले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले एकरएक विकेट लिए । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल एकेडेमी तथा घोडाघोडी क्रिकेट एकेडेमीबीच दोस्रो खेल शुक्लाफाँटा ब्ल्याकबक्स तथा खप्तड इन्डोरबीच हुने कार्यतालिका छ ।

लिटल फ्लावर स्पोर्टस् क्लब धनगढीको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका गरी १६ क्रिकेट टोलीको सहभागिता छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : २३ बजे

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै

देउखुरी– दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्

एनपीएल खेल्न फाफ डुप्लेसिस काठमाडौं आइपुगे (तस्बिरहरू)

काठमाडौं– साउथ अफ्रिकन क्रिकेट खेलाडी फाफ डुप्लेसिस नेपाल आइपुगेका छन्