घरजग्गा कारोबारको प्रक्रियालाई सरल बनाउनुपर्छ : अध्यक्ष लोहनी « Khabarhub

घरजग्गा कारोबारको प्रक्रियालाई सरल बनाउनुपर्छ : अध्यक्ष लोहनी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको संकट समाधान गर्न घरजग्गा कारोबारलाई सरल बनाउनु पर्ने बताएका हुन् ।

उनले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यहीअनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने विचार व्यक्त गरे । उनले भने, ‘घरजग्गा व्यवसायलाई फस्टाउन दिन नेपाल राष्ट्र बैंकले केही खुकुलो नीति अख्तियार गरेर लोन टु भ्यालु रेस्यो प्रणालीमा जानुप र्‍यो । ऋणको प्रतिशत ५० बाट ७० मा पुर्‍योउनु पर्ने हुन्छ ।’

अध्यक्ष लोहनीले घरजग्गाको कारोवारमा सरकारी मूल्यांकन र बजारी मूल्यांकनमा अन्तर भएकाले एउटा सर्वस्वीकार्य स्वतन्त्र, स्वच्छ मूल्यांकन प्रणाली अपनाएमा सरकारको राजस्व संकलनमा पनि उल्लेख्य प्रगति हुने तर्क राखे ।

उनले भने, ‘कसैले घरजग्गा खरिद गर्दा होस वा बेच्दा इएमआईको दुई सय प्रतिशत आयकर देखाउन्पर्ने वर्तमान प्रावधानको ठाउँमा सय प्रतिशत गरे पनि नेपाली अर्थतन्त्रले फड्को मार्ने निश्चित छ । हामीले घरजग्गाको विकासका लागि सरकारका सम्बन्धित निकायलाई मालपोत तथा भूमिसुधार मन्त्रालयअन्तर्गतका निकायहरूलाई पारदर्शी र झन्झटमुक्त बनाउन भनेका छौंं ।अहिले मालपोत तथा भूमिसुधारका निकायहरू सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अपारदर्शी ढंगबाट कार्य सम्पादन गर्ने संस्थाको रूपमा स्थापित छ ।’

उनले पोखराको घटनापछि मालपोत र भूमिसुधारका कर्मचारहरूका नकारात्मक व्यवहारबाट घरजग्गाको कारोवारमा मन्दी आएको ठोकुवासमेत गरे ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ०५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज