ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र « Khabarhub

ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र बन्दै गएको छ । ताइवानमा आगामी जनवरी १३ मा चुनाव हुँदैछ । चीनले ताइवान स्ट्रेटमा नौसैनिक यद्धपोत, लडाकु विमानको परिचालनलाई तीव्र बनाएको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो ।

चीनले ताइवान स्ट्रेट क्षेत्रमा जे १० र जे १६ लडाकु विमान उडाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, युद्धपोतबाट चिनियाँ सेनाले हेलिकोप्टर पनि तैनाथ गरेको जनाइएको छ ।

तीमध्ये ११ वटा लडाकु विमानले ताइवान स्ट्रेटको मेडन लाइन पार गरेको ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सैन्य गतिविधिको निगरानीका लागि ताइवानले पनि आफ्ना लडाकु विमान परिचालन गरेको थियो ।

चीनले लोकतान्त्रिक नेतृत्व रहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई गाभ्ने चेतावनी पनि दिने गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया