स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु | Khabarhub Khabarhub

स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बारा – स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ। दुई महिला घाइते भएका छन्।

पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो। निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन्। उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ। घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ।

बिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ५७ बजे

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या

सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड

काठमाडौं– सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै

परिवार नियोजन सङ्घको अध्यक्षमा डा.श्रेष्ठ निर्वाचित

गलकोट– नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर

अर्थसंक्षेप : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ ।

आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी

काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ भित्र नेपालमा रियल टाइम