सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन « Khabarhub

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ।

निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको छलफलमा बोल्दै कांग्रेसका सह‍-महामन्त्री महेन्द्र यादवले निर्वाचन मिति तलमाथि नगरी अघि बढ्नुपर्ने बताए।

उनले कांग्रेस निर्वाचनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उम्मेदवार सिफारिस प्रक्रिया पनि जारी रहेको बताए। ‘राष्ट्रपति, सुरक्षानिकाय सबैले निर्वाचन हुनुपर्छ भनिरहेका छन्। नेपाली जनताले पनि निर्वाचन चाहेका छन्, निकास यही हो,’ यादवले भने।

तर, सरकारले केही नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचनको वातावरण बिगारेको आरोप उनले लगाए।

‘संविधानले दिएको अधिकारअनुसार कुनै पनि नेता १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न पाउँछ। तर स्थान हद लगाइएका नेताहरू, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित, यदि जनकपुर वा पोखराबाट उम्मेदवार भए भने प्रचार कसरी गर्छन्?’ उनले प्रश्न गरे।

यादवले निर्वाचन मिति घोषणा मात्रै पर्याप्त नहुने भन्दै वातावरण निर्माण अनिवार्य रहेको बताए। ‘केही प्रावधान नसच्याई र सरकारले व्यवहार नसुधारी निर्वाचन सम्भव हुँदैन,’ उनको भनाइ थियो।

सुरक्षालाई मुख्य चुनौतीका रूपमा उल्लेख गर्दै उनले पूर्वमन्त्री र नेताहरूका सुरक्षाकर्मी खोसिएकोप्रति आपत्ति जनाए।

‘भयको वातावरणबीच सबैको सुरक्षा चाहिने बेला सुरक्षाकर्मी खोसिनु हुँदैनथ्यो। भोलि कसैमाथि घटना भयो भने त्यसको जिम्मेवारी सरकारको हुन्छ,’ उनले चेतावनी दिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले पटक–पटक वातावरण बनिसकेको दाबी गरे पनि वास्तविकता फरक रहेको यादवको भनाइ छ। पूर्वनिर्वाचन आयुक्तहरूले समेत निर्वाचनबारे संशय व्यक्त गरिरहेको उनले स्मरण गराए।

‘निर्वाचनमा गइसकेपछि स्वस्थ प्रतिस्पर्धा गराउन सरकारको पूरा ध्यान त्यतै जानुपर्छ। सरुवा–बढुवाभन्दा निर्वाचन प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने।

हालको अवस्थामा फागुन २१ गते निर्वाचन सम्भव छ कि छैन भन्ने प्रश्न उठाउँदै यादवले निर्वाचन भए दल र जेन–जी दुवैका लागि खुसीको विषय हुने बताए। ‘जनताले जसलाई पत्याउँछन्, ऊ संसद्मा आउँछ। सुधार गर्नुपर्ने कुरा त्यहीँबाट गरौँ,’ उनले भने।

तर अहिले पनि जनतामा त्रास रहेको र निर्वाचन हुनेमा अझै पूर्ण भरोसा नबनेको उनको निष्कर्ष छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ३७ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ