‘टिक्ने र बिक्ने राजनीतिक दलको कमी छैन’ | Khabarhub Khabarhub

‘टिक्ने र बिक्ने राजनीतिक दलको कमी छैन’

‘प्रचण्ड जस्तो बाघलाई बिरालो बनाउनु ओलीको जित हो’


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

राजनीतिक परिवेशले नेताहरू जन्माउँछ। भर्खरै सम्पन्न भएको संघीय चुनावले केही नयाँ नेताको उदय भएको छ। नेपाली परिवेशमा अनुकूल हुने व्यक्तिको खोजी राजनीतिक परिवेशले गरेको छ। राजनीतिमा धेरै अनुहार आए पनि जनतालाई निराशाबाहेक केही दिन नसकेका धेरै उदाहरण छन्। अहिले आएका नेताले कसरी काम गर्लान् ? देश र जनताका समस्यालाई बुझ्लान् ? केपी ओली र प्रचण्डको यो सहकार्य कस्तो होला ? यी र यस्तै विषयमा आधारित भएर राजनीतिक विश्लेषक सिके लालसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली राजनीतिको परिवेश अहिले कस्तो छ ?
राजनीति भनेको व्यक्तिको गतिविधिबाट उत्पन्न हुने क्रिया हो। कुनै देशको राजनीतिको कुरा गर्ने हो भने त्यहाँको अर्थतन्त्र कस्तो छ, सामाजिकस्तर र समाजको बनोट कस्तो छ, सांस्कृतिक पक्षको र अन्तर्राष्ट्रिय परिवेश कस्तो छ भन्ने कुराहरूको भूमिका हुन्छ।
नेपालमा हामी कृषिबाट औद्योगीकरणमा जाने र व्यापार तिर जानुपर्ने हो। त्यो भएन। हाम्रा युवा विदेश पुगेका छन्। त्यसले गर्दा अर्थतन्त्रले जिम्मेवार राजनीतिलाई फस्टाउन दिएन। हाम्रोमा अत्यधिक सामाजिक विविधता भएको कारणले त्यो भित्र रहेका रुढीवादी घटना हामीले बदल्न सकेनौँ। त्यो सुधार गर्नतर्फ हामी लागेनौँ। जनता सजिलो बाटो खोज्छन् तर त्यो राजनीतिक दलका नेताले दिन सकेनन्। राजनीतिक दलका नेताले सबै मुद्दामा काम गर्नु पर्दछ। समाज परिवर्तनको मुद्दा, आर्थिक गतिविधिका मुद्दामा सबैले काम गर्नुपर्छ। त्यो बदलिन्छ निराश हुनु पर्दैन। जस्तो समाज छ त्यस्तै नेता पाउने हो।

अब कसरी जाँदा देश परिवर्तन हुन्छ ?
देशमा एउटा भूमि र जनता हुन्छन्। त्यो सञ्चालन गर्ने सरकार हुन्छ र त्यो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता हुन्छ। हामी राजनीतिक दल पुराना नै रोज्छौँ। नयाँसँग हामीलाई विश्वास नै छैन।

अहिले आएका नयाँ दल साँच्चै नयाँ काम गर्लान् कि पुराना नेता जस्तै होलान् ?
नेपालको आर्थिक खेलाडी नेपाल सरकार हो। अर्थसँग सम्बन्धी सबै काम सरकारले गर्दछ। त्यसैले जो सरकारमा जान्छन् उनीहरूले जनशक्ति, आर्थिक स्रोत, सङ्गठनका कुरामा ध्यान दिएर विचारधारा ग्रहण गरेर जानु पर्दछ। टिक्ने र बिक्ने राजनीतिक दलको कमी छैन अहिले।

नयाँ आएका दललाई विश्वास गर्न सकिन्छ त ?
रवि लामिछाने, सिके राउतसँग देउवा, ओली र प्रचण्ड जत्ति पनि भरोसा छैन। त्यसैले मलाई पुराना भन्दा पनि कम विश्वास लाग्छ। किनभने जनताले सुन्न चाहेको कुरा सुनाएर नेता भएको व्यक्तिले नयाँ गर्न सक्दैन। बाटो देखाउने प्रविृत्तिको छैनन्। बाटो देखाउने जनता हुन्। जब सत्ता जनतामा छ भने जनतालाई सत्य सुनाउनु पर्ने बौद्धिकता हुनुपर्छ। त्यो कुनै नेतामा छैन। यदि नेपालमा कसैको जीवनमा धेरै महत्वकांक्षा छ भने राजनीतिमा लाग्नुहोस् छिटो प्रगति गर्नु हुन्छ। यसरी आएका रवि लामिछाने, सिके राउत सरकारमा हाबी भए पनि यो दिगो हुँदैन।

धेरैले यी नयाँबाट धेरै अपेक्षा गरेका छन् नि ?
अहिले काठमाडौंका मेयर बालेन साहले एक वर्षसम्म नीतिगत रूपमा केही काम गरेका छैनन्। रवि लामिछानेको कुरामा गृहमन्त्रीको कुरामा जान्छन्। तर, उनी परराष्ट्रको निरीक्षण गर्ने ? मेरो निर्वाचन आधार भनेको विदेशमा बस्ने नेपालीले घरमा पठाउने सामाजिक सञ्जालको सन्देश हो भन्छन् उनी। दोस्रो काम मधेसमा नागरिकताको छानबिन गर्न जान्छन् उनी। सिके राउतमा पनि कसरी संघ र प्रदेशको मुख्यमन्त्री हुने भन्ने छ। खासै परिवर्तनको आश गर्न सकिँदैन।

राप्रपाले पनि बागमती प्रदेशको मुख्यमन्त्री मागेको छ नि ?
जो संघीयताको विरोधी मन्त्री भएका छन्। संविधानको शपथ गरेर उम्मेदवार बन्ने, संविधानको शपथ गरेर प्रधानमन्त्री बन्ने र संघीयताको विरोध गरेर प्रदेशमा मत नहालेको व्यक्ति अहिले मन्त्री बनेका छन्। यहाँ जसले जे मागे पनि हुन्छ। यो देशमा यस्ता विडम्बना धेरै छन्। त्यसैले परिवर्तनको आश गर्नु राम्रो होला। तर विश्वास योग्य र देशलाई अगाडि बढाउने नेतृत्व अहिले देखिएको छैन।

के यो सरकारले पनि जनताका आकांक्षा पुरा गर्दैन भन्नु भएको हो ?
जनताको आकांक्षा भनेको सामाजिक सुरक्षा, रोजगारी, हिँडडुल गर्ने पाउने, स्वतन्त्रता हो। अपेक्षित गरेको जति गति देखिँदैन।

देशलाई विकासतर्फ लैजाने नेतृत्व छैनन् त ?
नेतृत्व छ तर यहाँको सत्ताको संरचनामा विकास गर्ने ऊर्जा नै छैन। युवा विदेश नगएका भए यो नेतृत्व सक्षम हुन्थ्यो। सत्ताको संरचनामा एउटा टुंगो गएर बसेको छ। त्यो हटाउने कसैमा आँट नै भएन। सत्ताको दौडमा सबै नेता लागे।

अहिलेको प्रचण्ड र ओली बीचको सहकार्य सामान्य हो ?
यो सामान्य हो। मलाई यसमा कुनै आश्चर्य लाग्दैन किनभने यसअघि पनि प्रचण्ड ओली एक भएकै हुन्। कहिले ओली त कहिले देउवासँग प्रचण्ड गएकै छन्। केपी ओलीको सबैभन्दा स्वीकार्य व्यक्ति दाहाल भन्दा अरु हुनै सक्दैन।

यो परिवेशमा ओलीको जित भयो कि प्रचण्डको ?
देख्दा प्रचण्डको देखिन्छ। तर दीर्घकालीन रुपमा ओलीलाई फाइदा छ। दाहाल जस्तो बाघलाई बिरालो बनाउनु ओलीको इतिहासमा नै ठूलो जित हो।

अहिलेको परिवेशमा कांग्रेसमा परिवर्तनको सम्भावना कतिको छ ?
कांग्रेसमा दासताको मनोवृत्ति धेरै नै हाबी छ। त्यसैले त्यहाँ भित्र परिवर्तनको सम्भावना छैन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ३६ बजे

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज