डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि « Khabarhub

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ ।

एडीपीको सर्वेक्षणअनुसार गत महिना निजी रोजगारीमा दुई लाख ३५ हजारले वृद्धि भएको छ । यो विश्लेषकले अपेक्षा गरेभन्दा बढी हो ।

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भने, “श्रम बजार बलियो छ तर खण्डित छ, उद्योग र प्रतिष्ठानको आकारअनुसार कामदारमा तीव्र भिन्नता छ ।”

“विशेष गरी गत वर्षको पहिलो छ महिनामा आक्रामक रूपमा काम गर्ने फर्महरूले आफ्नो गतिलाई कम गरे, र केही उदाहरणहरूमा वर्षको अन्तिम महिनामा रोजगारी कटौती गरेका छन्, उनले भने ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई कम गर्न सङ्घर्ष गरिरहेका बेला नीति निर्माताहरूले श्रम बजारलाई एक प्रमुख क्षेत्रको रूपमा हेरिरहेका छन् ।

चिन्ताको एउटा क्षेत्र भनेको बढ्दो ज्याला हो । किनकि कम्पनीहरूले कामदारहरू भेट्न र कायम राख्न प्रतिस्पर्धा गरे र यसले सेवाहरूको लागि बढ्दो लागतलाई वृद्धि गरेको छ । यसको कारणले गर्दा मुद्रास्फीतिलाई अधिक स्थिर बनाउनेछ ।

एडीपीको तथ्याङ्कअनुसार डिसेम्बरमा कामदारहरूले मार्च २०२२ पछि सबैभन्दा कम तलब वृद्धि देखेका छन्, जसले सम्भवतः केही राहत ल्याएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : ०८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा