दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका- ४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही- १८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई लमही – ४ अर्नवाबाट पक्राउ गरेको हो ।

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : ४९ बजे

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त

चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिरोध अन्त्य

गर्मी छल्न नरपानी डाँडा 

अर्घाखाँची– नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ

दिल्लीमा बसेर मानव तस्करी, तीन जना पक्राउ

काठमाडौं–  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा

कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर– मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक