चिकित्सक संघको निर्वाचन : आजदेखि मतगणना थालिँदै « Khabarhub

चिकित्सक संघको निर्वाचन : आजदेखि मतगणना थालिँदै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज मतगणना सुरु हुने भएको छ।

काठमाडौं उपत्यकामा बिहीबार सुरु भएको मतदान शनिबार सकिएपछि आइतबार मतगणना गर्न लागिएको हो। निर्वाचनमा ६ हजार २९२ मत खसेको थियो। पाँच वटा टेबलमा मतगणना गरिने वर्तमान अध्यक्ष डा. लाेचन कार्कीले खबरहबलाई जानकारी दिएका छन्। उनकाअनुसार अन्तिम परिणाम आउन करिब एक साता लाग्नेछ।

काठमाडौं उपत्यकाभित्र बिहीबार ५८९, शुक्रबार ९८५ र शनिबार १०६८ गरी २ हजार ६ सय ४२ मत खसेको छ भने काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको छ। १२ हजारभन्दा बढी सदस्य रहेको संघमा ६ हजार २ सय ९२ मत मात्र खसेको हो।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो। त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

उपत्यका बाहिर भने माघ ६ र ७ गते निर्वाचन भएको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : १८ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं