रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने « Khabarhub

रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको ओमसतियामा १०औँ नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने भएको छ। नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औँ संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फागुन ९ गते सकिने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ। प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाउँपालिका वडा नम्बर १ को सह प्रायोजनमा हुने प्रतियोगिताको विजेताले २ लाख र उप विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट खेलाडी,  उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ८–८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ५९ बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस