राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले सत्ता पक्षलाई सघाउने « Khabarhub

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले सत्ता पक्षलाई सघाउने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

हिजो मात्र कांग्रेस सपभाति देउवाले विपक्षी दलका नेताहरूसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागी नेपका (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी उम्मेदवारलाई सघाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। सोही सुझावका आधारमा राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले आज उम्मेदवारी नदिने निर्णय गरेको लेखकले बताए ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। भोलि सोमबार निर्वाचन हुनेछ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : १५ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय