सत्ता साझेदार दललाई रविको धम्की- 'आज जनतासँग सिधा कुरा गर्छु' | Khabarhub Khabarhub

सत्ता साझेदार दललाई रविको धम्की- ‘आज जनतासँग सिधा कुरा गर्छु’


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् ।

आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन्।

सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका हुन्।

यसअघि बिहीबार उनले आफू अभिमन्यू नभएको भन्दै सरकारबाट बाहिरिने संकेत गरेका थिए। त्यसपछि बोलाइको पार्टीको बैठकअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनको समय मागेका थिए।

अल्टिमेटम सकिएको भोलिपल्टसम्म कुनै जानकारी नआए पछि पार्टीको बैठक राखेर आवश्यक निर्णय लिन लागिएको सभापति लामिछानेको भनाइ छ।

सामाजिक सञ्जालमार्फत लामिछानेले जनतासँग सिधा कुरा नगरेको धेरै भएको भन्दै देश तथा विदेशमा रहने सबैलाई पत्रकार सम्मेलन हेर्न आग्रह गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ’, रविले लेखेका छन्।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ३३ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत