हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने « Khabarhub

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ ।

मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उतपादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा रु दुई करोड पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ । सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन । भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कानुनबमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी-उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ ।

चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ । सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्यरुपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ ।

विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्नेलगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ । लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनु पर्नेछ । समझदारीपत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एक÷एक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : ०८ बजे

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको

स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

काठमाडौँ- अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला

जनकपुरधाम – जनविद्रोहको यात्रा पार गर्दै मधेस तत्कालीन संविधानसभाको चुनावमा

सेयर बजार १०.८७ अंकले ओरालो

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ओरालो

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको