अन्तर्राष्ट्रिय साझेदारीका लागि ईयूकी आयुक्त युटा उर्पिलाइनेन बुधबार नेपाल आउँदै « Khabarhub

अन्तर्राष्ट्रिय साझेदारीका लागि ईयूकी आयुक्त युटा उर्पिलाइनेन बुधबार नेपाल आउँदै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली युनियन ईयूकी आयुक्त युटा उर्पिलाइनेनले नेपालको भ्रमण गर्ने भएकी छिन् । काठमाडौँस्थित ईयूको दूतावासका अनुसार उनी बुधबार नेपाल आउने कार्यक्रम छ ।

एकदिने नेपाल भ्रमणका क्रममा उनले यहाँका नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम छ ।

नेपालमा अमेरिकाबाट एक पछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका बेला ईयूकी आयुक्त पनि नेपाल आउन लागेकी हुन् । पुष्पकमल दाहालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपालको हरित अर्थतन्त्र, क्षेत्रीय असमानता र सुशासनमा उनको भ्रमण केन्द्रित हुने जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ५३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।