भ्रष्टाचारविरुद्ध कलम चलाउन पत्रकारलाई स्वास्थ्यमन्त्री गिरीको आग्रह « Khabarhub

भ्रष्टाचारविरुद्ध कलम चलाउन पत्रकारलाई स्वास्थ्यमन्त्री गिरीको आग्रह


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बमबार्ड हुन सक्ने गरी चलाउनुहोस् ।”

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताए ।

“भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ”, उनले भने, “विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।” देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताए ।

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताए । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उनको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइराख्न पत्रकारलाई आग्रह गरे ।

सो अवसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ५३ बजे

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर