कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको सफल सुरुवात « Khabarhub

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको सफल सुरुवात


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको जनाएको छ । नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी रहेको प्रदेश अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए ।

खड्काको नेतृत्वमा सल्यचिकित्सक डा गणेश थापा, डा विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा.  पूजन बल्ल, डा जेनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : ५५ बजे

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद