एकीकृत तरकारी बजार निर्माण हुँदै | Khabarhub Khabarhub

एकीकृत तरकारी बजार निर्माण हुँदै


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ । नगरपालिकाले साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिए । ‘कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्’, उनले भने, ‘एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शितभण्डारसमेत निर्माण हुन्छ ।’ उनले दुई प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको बताए। 

उनका अनुसार २०७७ साउन २५ मा एक करोड ७० लाखमा एमडी ग्रुप प्रालीसँग २०७९ असार २० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप प्रक्रियामा छ । त्यसैगरी तीन करोड ९९ लाखमा २०७७ जेठ ११ मा एम के नीरज निर्माण कम्पनीसँग २०८० जेठ ११ मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । अहिले उक्त निर्माण कम्पनीले काम गरेको भुक्तानी नपाउँदा निर्माणको काम प्रभावित बनेको छ । ‘नगरपालिकासँग बजेट नहुँदा निर्माण व्यवसायीको काम गरेको भुक्तानी गर्न सकिएको छैन’, इञ्जिनीयर भट्टले भने, ‘निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम प्रभावित बनेका छ ।’ 

यहाँका स्थानीयले भने नगरपालिकाले निर्माण गर्न लागेको तरकारी बजारले कृषकलाई सहयोग पुग्ने बताएका छन् । स्थानीय महेश जोशीले किसानका लागि अहिले ‘कोल्डस्टोर’को आवश्यकता भएकाले कोल्डस्टोर निर्माण गरिनुपर्ने बताए। ‘सबै किसिमका कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुनु राम्रो हो’, उनले भने, ‘अहिलेको आवश्यकता कोल्ड स्टोर हो, यसले किसानलाई धेरै फाइदा पुग्छ ।’

महेन्द्रनगरस्थित सब्जीमण्डीमा तकारीको व्यवसाय गरिरहेका किशोर सुनारले कोल्डस्टोरको सुविधा नहुँदा किसानको उत्पादन खेर गइरहेको बताए। ‘अहिले यहाँको स्थानीय टमाटर प्रतिकिलो १० का दरले बिक्री भइरहेको छ’, उनले भने, ‘यहाँको उत्पादन सकिएपछि मूल्य बढ्छ, त्यसैले अहिले उत्पादन भएको तरकारी कोल्डस्टोरमा राख्नसके उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।’ मौसमका बेला प्रशस्त तरकारी उत्पादन हुने कञ्चनपुरमा हालसम्म एउटा पनि कोल्डस्टोर छैन ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : १३ बजे

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर – कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली– कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

नयाँदिल्ली– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि