स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने « Khabarhub

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् । 

नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि गठबन्धन गर्ने भएका हुन् । 

चार विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अहिले आफूहरूले सत्ताको विकल्प खोजिरहेको बताए । अहिले राज्यका हरेक क्षेत्रमा सिन्डिकेट रहेको र विश्वविद्यालयमा रहेको राजनीतिक सिन्डिकेट तोड्नका लागि आफूहरू संगठित भएको जिकिर गरे ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले संसदीय राज्य व्यवस्थाको विरुद्ध कम्युनिष्ट शक्तिहरू एक हुनुको विकल्प नभएको बताए । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : २३ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य