आईसीसी लिग-२ मा पपुवा न्युगिनीद्वारा युएई पराजित « Khabarhub

आईसीसी लिग-२ मा पपुवा न्युगिनीद्वारा युएई पराजित


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ । 

श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राेजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो । पपुवा न्युगिनीले ९८ रनको विजय लक्ष्य २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।  

पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा युएईका वृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए । 

योसँगै युएईले ३१ खेलबाट ३१ अंक जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अंक जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अंक जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : १४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण