एनआरटीविरुद्ध सातदोबाटोकाे जित « Khabarhub

एनआरटीविरुद्ध सातदोबाटोकाे जित


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा एनआरटीका निकोलसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै ३ अङ्क जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीमा सँगै दुवै टोलीले पहिलो खेलमा १–१ अङ्क बाँडेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २६ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त