लोसपाले मनायो होली पर्व « Khabarhub

लोसपाले मनायो होली पर्व


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ ।

लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्र झाले जानकारी दिए । होली पर्वको पूर्वसन्ध्यामा नेताहरूले काठमाडौँमा होली मनाएका हुन् ।

यस वर्षको होली पर्व सोमबार पहाडमा र तराईमा आगामी मङ्गलबार मनाइनेछ । कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसहित उल्लेख्य सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो ।

यसअघि होली पर्वको पूर्वसन्ध्यामा मिथिला संस्कृति समाजले शनिबार माइतीघर मण्डलामा फगुवा उत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ३९ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको