एउटै भावका दुई चलचित्र प्रदर्शनमा आउँदै | Khabarhub Khabarhub

एउटै भावका दुई चलचित्र प्रदर्शनमा आउँदै


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए।

आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छन् । इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा भनेको छ । किनकि दुवै चलचित्रमा पुरानो श्रीमान्लाई दिइने क्षतिपूर्तिको विषयलाई देखाइएको छ ।

कवि/कथाकार उपेन्द्र सुब्बा ‘जारी’ मार्फत निर्देशक बन्दै छन् । ‘कब्बडी’ का शृङ्खलामार्फत लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गरेका हुन् । लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूआत उपन्यासबाट भएको थियो । “म चलचित्र लेखन सक्छु तर नाटक सक्दिन । किनकि म भित्र त्यो धैर्य नै छैन”, निर्देशक सुब्बाले भने । उनले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाह पश्चात् चलचित्रको पटकथामा रूपान्तरण गरेका हुन् ।

“हाम्रो प्रचलन नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ भनेर विषयवस्तु छनौट गरेको हुँ । महिलाहरू आँटिला र साहसिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मान बिना बस्दैनन्”, निर्देशक सुब्बाले भने । उनले महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने/आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहेको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नरहेको बताए ।

यो कथा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । निर्देशक सुब्बाले चलचित्रको योजना नै युप्पारुङमार्फत सिर्जित भएको बताए । “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्त्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो”, निर्देशक सुब्बाले भने ।

वैशाख १ मै प्रदर्शन हुने घोषणा गरिएको चलचित्र ‘बुलाकी’ को कथा पनि यस्तै छ । सार्वजनिक गरिएको प्रचारप्रसार सामग्रीमा श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । यसको कथा निर्देशक राजबहादुर सानेले लेखेका हुन् । म्युजिक भिडियो निर्देशन गरिरहेका लक्ष्मण सुनारको यो पहिलो निर्देशकीय चलचित्र हो । “एक दशक अगाडिसम्म पनि कर्णालीमा जारीको चलन थियो । यसलाई मैले कर्णालीमा देखेर नै हुर्किएको हुँ । त्यसैलाई पर्दामा देखाउनुपर्छ भनेर बनाएको हुँ”, निर्देशक सुनारले भने, “ट्रेलर हेर्दा उस्तै लाग्न सक्छ । हामीले पश्चिमको कथा भनेका छौँ र उहाँहरूले पूर्वको कथा भन्नुभएको छ । यो साझा विषयवस्तु भएकाले उठान एकै पटक भएको हुनसक्छ । तर हाम्रो चलचित्र मिल्दैन । सायद यो कथा भन्नुपर्छ भन्ने लागेको हुनसक्छ ।” उनले कर्णालीको महिलाले अहिले पनि स्वतन्त्ररूपमा आफ्ना कुरा भन्न नसकेको देखेका छन्।

निर्देशक सुनारले बुलाकीलाई कर्णालीको महिलाको आवाजका रूपमा बुझ्न आग्रह गरे । “कर्णालीमा महिलाहरू अझै आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । प्रमुख पात्रले कर्णालीका महिलाको प्रतिनिधित्व गर्छ । मनोवैज्ञानिक ढङ्गले गर्ने विद्रोहलाई चलचित्रमा देखाएका छौँ”, निर्देशक सुनारले भनेका छन् । उनले आगामी चलचित्रहरूमा समेत कर्णालीकै कथालाई आवाज दिन चाहेको योजना सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ०३ बजे

सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता

काठमाडौं– सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा

बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु

विराटनगर– गएको तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी,

रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका

 माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि