आईपीएलमा गुजरातको लगातार दोस्रो जित « Khabarhub

आईपीएलमा गुजरातको लगातार दोस्रो जित


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले। डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाए ।

दिल्लीका एनरिक नोर्कियाले २, खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

लगातार दोस्रो जित निकालको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित दिल्ली अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : २५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र