तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौँला ७० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, लोकल परवर र न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ९० रुपैयाँ केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुईँ कटहर १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २३०रुपैयाँ र बचुवा माछा २८० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २६० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : १४ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी